माँहा करूणा माहा यान अलेाकितेशस्वेार

 माँहा मन्त्र    "ओ मा नी पद् मे हुँ  "

ओ मा नी पद् मे हुँ मन्त्र जपकेा फाइदा

                      ओ मा नी पद् मे हुँ
ओ , शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ ।
मा , शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई, झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ ।
नी , शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म, रोग ब्याधा, बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ ।
पद , शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता, एकअर्कालाई मारेर खानुपर्ने, मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ ।
मे ,   शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु पर्ने कष्ट हो । यो कष्ट लोभ लालच गरे बाट उत्पन्न हुन्छ ।
हूँ ,  शब्दले नर्क लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । नर्कलोकको कष्ट अति नै जाडो र गर्मि खप्नुपर्ने कष्ट हो । यो कष्ट धृणा गरेबाट उत्पन्न हुन्छ ।
गुरु पद्मसंभवको जीवनी
पुस्तकमा
ओ म नि पद मे हुँ को महत्त्व
गुरु पद्मसंभवले राजा मुतिग र नजिकका चेलाहरूलाई भन्नुभयो-
"हे तिब्बती राजा, भद्रपुरुष र जनताहरू ! महा-करुणामयको सार तत्व 'ओं म णि पद् मे हुँ ' हो । एक पटकमात्र यसको उच्चारण गरे त्यसको पुण्य फल गन्न नसकिने हुन्छ । एउटा कमलको फूलको वीउबाट कति गुणा अन्य फूल उत्पन्न हुनेछ, त्यो कल्पनासम्म पनि गर्न सकिंदैन । तर त्यससंग तुलना गर्दा एक पटक मात्र पनि यी छवटा अक्षरहरूलाई उच्चारण गर्दा पाइने पुण्य त्यो भन्दा पनि बढी हुन्छ । एउटै तिलको बीउबाट अनेकौं बोट उत्पन्न हुन्छन् । छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गर्दा त्यसको पुण्य त्यो भन्दा बढी हुन्छ । जसरी 'चार महान्' लगायत अन्य अनगीन्ती नदीहरू नुनिलो समुद्रमा पुग्दछन् तर छ अक्षरको मन्त्र एक पटकमात्र उच्चारण गरे त्यो नै बढी हुन्छ । कल्पचिन्तामणीलाई प्रार्थना गरेर आफ्नो सवै इच्छाहरु पुरा गर्नुभन्दा पनि यो छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गरे त्यो नै बढि हुन्छ ।
"ओ मा नी पद् मे हुँ"
बाह्रवर्षसम्मको वर्षा याममा परेको पानीको थोपा गन्न सम्भव होला तर छ अक्षरको मन्त्रलाई एकपटक मात्र उच्चारण गरेवापत प्राप्त हुने पुण्य गन्न सकिंदैन । चारवटै द्विपमा छरेको अन्नको बीउ गन्न सकिएला तर छ अक्षरको उच्चारणबाट पाउने पुण्यलाई गन्न सकिदैन । महासागरको पानीको थोपा एक एक गरी गन्न सकिएला तर छ अक्षर उच्चारण गरेवापत जम्मा हुने पुण्य गन्न सकिंदैन । सबै जनावरको शरीरको रौं गन्न सकिएला तर छ अक्षरलाई उच्चारण गरे वापत कमाइने पुण्यलाई गन्न सकिंदैन ।
"ओ मा नी पद् मे हुँ"
यी छ अक्षरहरु महा-करुणामयको सारतत्व भएकाले एउटा अस्सी हजार माइल अग्लो उल्काको फलामे पहाडलाई एक कल्पमा एकपटक 'कसिका'को सबैभन्दा कमलो कपासले रगडेर खियाउन सकिन्छ तर छ अक्षरको मन्त्र उच्चारणले कमाइने पुण्यलाई सिध्याउन सकिंदैन । सम्पूर्ण सुमेरु पर्वतलाई मेरुचे कीराले खाएर सिध्याउन सक्ला तर छ अक्षरलाई एकैपटक उच्चारण गरे पनि त्यसबाट पाइने पुण्यलाई मेटाउन सकिंदैन ।
टिटो चराले गङ्गा नदी किनारको सबै वालुवा आफ्नो चुच्चोले हटाउन सक्ला तर छ वटा अक्षरलाई एकपटक मात्र उच्चारण गरेवापत पाइने पुण्यलाई हटाउन सकिंदैन । सुमेरु र चारवटै द्विपको माटोलाई हावाले उडाएर लान सक्ला तर छ अक्षरलाई एकपटकमात्र उच्चारण गर्दा जम्मा हुने पुण्यलाई खत्तम गर्न सकिंदैन ।

ओ मा नी पद् मे हुँ
सबै ब्रम्हाण्डको बुद्धको अस्तु र सातवटा बहुमूल्य वस्तु राखेर बनाइएको स्तुप र त्यसमा अर्पण गरिने दैनिक पूजा-आजा र प्रसादबाट प्राप्त हुने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र एक पटकमात्र उच्चारण गरेवापत जम्मा हुने पुण्यलाई गणना गर्न सकिंदैन । बुद्ध र बुद्धक्षेत्रलाई अर्पण गरिने धूप, नैवेद्य, बत्ती, अत्तर, नुहाउने पानी, सङ्गीत आदि सबै ब्रम्हाण्डको बालुवा जत्तिकै अर्पण गरेवापत कमाइने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र उच्चारण एक पटक मात्र गरे त्यसबाट प्राप्त हुने पुण्यलाई गणना गरेर पुण्य आँक्न सकिंदैन ।
ओ मा नी पद् मे हुँ
यी छ अक्षर महा-करुणामयको चित्तको सार तत्व भएकाले यदि तिमीले यो मन्त्र दिनको एकसय आठ पटक उच्चारण गरे त्रि्रो पुनर्जन्म तीनवटा तल्लो जुनी -दर्ुगती)मा हुने छैन । आउने जीवनमा तिमीले मानिसको शरीर प्राप्त गर्नेछौ र तिमीले आर्य अवलोकितेश्वरको साँचिकै दर्शन पाउनेछौं । यदि तिमीले यो मन्त्र ठीकसँग दिनको एक्काईसपटक उच्चारण गरेमा बुद्धिमान् हुनेछौ र आफूले सिकेको कुरा बिर्सने छैनौ । तिम्रो स्वर सङ्गीतमय हुनेछ र बुद्ध धर्मका सबै अर्थहरू बुझ्न सक्ने हुनेछौं । यदि तिमीले यो मन्त्र दिनको सातपटक उच्चारण गरेमा तिम्रो सबै कुकार्यहरूको शुद्धीकरण हुनेछ र तिम्रा सबै बाधा-व्यवधानहरू समाप्त भएर जानेछन् । आउने जीवनहरूमा जहाँ जन्म भए पनि तिमी आर्य अवलोकितेश्वरबाट कहिल्यै छुटिनेछैनौ ।
जब कसैलाई रोगले ग्रस्त पार्दछ वा भूतप्रेतले समाउँछ त्यसबेला निको पार्ने अन्य सांसारिक पूजा र वाधाहरू हटाउने प्रार्थना भन्दा छ अक्षर उच्चारणबाट प्राप्त हुने फल बढी प्रभावकारी हुनेछ । कुनै पनि औषधि उपचार भन्दा छ अक्षरको मन्त्र रोग-व्याधीको लागि प्रभावकारी हुन्छ ।
छ अक्षरको मन्त्रको पुण्य यति व्यापक छ कि तीन कालको बुद्धले पनि त्यसको पूरा वर्णन गर्न सक्तैनन् । त्यस्तो किन - किनकि यो मन्त्र महा करुणामय बोधिसत्त्व आर्य अवलोकितेश्वरको चित्तको सारसत्व हो, जसले छ वटै लोकका प्राणीहरूलाई करुणा दृष्टिले निरन्तर हेरिरहनु हुन्छ । त्यसकारण यो मन्त्र उच्चारण गर्नाले छ वटै लोकका प्राणीहरूले संसारबाट मुक्ति पाउँदछन्
हे भविष्यका राजा र अनुयायीहरू !
आफ्नो यिदमको रूपमा महा-करुणामयलाई लिनू ।
छ अक्षरको सार मन्त्रलाई निरन्तर जप्नू ।
तल्लो लोकमा जाने शंकाबाट मुक्त हुनू ।
हिमाली भेगकालागि खटिएका एकमात्र देव
आर्य अवलोकितेश्वर हुनुहुन्छ ।
उहाँलाई श्रद्धा र भक्तिले प्रार्थना गर्नू ।
तिमीले आशीर्वाद र सिद्धि प्राप्त गर्नेछौ ।
साथै शङ्का र हिच्किचाहटबाट मुक्त हुनेछौ ।
तीनवटै कालका बुद्धहरुले सिकाएको धर्ममा
यो भन्दा छिटो र गहिरो धर्म नभएको कुरा
म पद्मसंभवलाई थाहा छ ।
म पद्मसंभव अब जाने भएकाले
हाल उपस्थित वा भविष्यमा देखापर्ने
तिब्बती अनुयायी, राजा र जनताहरूले
यसलाई हृदयमा राख्नू । "
गुरुपद्मका यो शब्दहरू सुनेर तिब्बतका राजा र नजिकका अनुयायीहरू हर्षविभोर भए र गुरु पद्मलाई जमीनमा झुकेर दण्डवत गरे ।
महा-करुणामयीको छ अक्षरको मन्त्रको पुण्यहरुबारे बर्णन गरिएको 'मणिमाला' नामक गुरु पद्मसंभवको जातक सम्बन्धि धर्म र इतिहासको उन्चालीसौं अध्याय समाप्त भयो ।
ओ मा नी पद् मे हुँ
मन्त्र जप्नुका फाईदाहरु
ओ म नि पद मे हुँ मन्त्र जप्नुका फाईदाहरु आकाश जत्तिकै अनन्त छ। मन्त्र जप गर्ने मानिसको मन सहि अर्थमा कति योग्य छ भन्ने कुराहरु र उसको उत्प्रेरणामा भर परेर ओ मा नि पद् मे हुँ लाई एकपटक उच्चारण गर्दा समेत यसबाट नकारात्मक कर्म शुद्धिकरण हुन्छ । उदाहरणको लागि चारवटा सम्पूर्ण दोषहरुलाई प्राप्त गरेका पूर्णतया प्रवजित भीक्षुले त्यस ज्यादै ठुलो अकुशल कर्मलाई एक पटक मत्र ओ म नि पद् मे हुँ मन्त्र उच्चारण गरेर शुद्धिकरण गर्न सक्छ । यसप्रकारले यो ज्यादै शक्तिशाली छ

प्रत्येक दिन एकहजारपटक मन्त्र जप गर्नुः
"ओ मा नी पद् मे हुँ" जप्नुका फाईदाहरु यति धेरै छन कि त्यसबारेको वर्णन कहिल्यै पनि समाप्त हुँदैन भनेर उपदेशहरुमा भनिएको छ । उपदेशहरुमा वर्णन गरिए अनुसार यदि कसैले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा सात पुस्ता सम्मका उसका बालबच्चाहरुको तल्लो जुनीमा पुनर्जन्म हुने छैन । यसप्रकारले उदाहरणको लागि यदि माता पिताहरुले ओ मा नि पद् मे हुँ मन्त्र दिनको एकहजारपटक उच्चारण गरेमा तिनीहरुको बालबच्चाहरु र ती बालबच्चाहरुको पनि बाल बच्चाहरु ईत्यादि गरेर सात पुस्ता सम्मका बालबच्चाहरुको जन्म तल्लो लोकमा कहिले पनि हुने छैन । यसप्रकारले माता पिताहरुको ज्यादै ठूलो उत्तरदायित्त्व छ ! माता पिताहरुले आफ्ना नाती पनातीहरुका लागि फाईदा पुर्‍याउन सक्ने यो एउटा तरिका हो ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको शरीर आशिर्वादयुक्त हुन्छ । यसप्रकारले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गर्ने कोही उदाहरणको लागि पानी भित्र, नदी वा समुद्रमा जाँदाखेरि त्यो पानी आशिर्वादयुक्त हुन्छ । त्यस पानीले माछा वा सानो वा ठुलो जीवहरु अथवा सानो किराहरु जेसुकैलाई छोए पनि ती सम्पूर्ण चेतनशील प्राणीहरुको नकारात्मक कर्म शुद्धिकरण हुन्छ र तीनीहरुको पुनर्जन्म तल्लो जुनीहरुमा हुँदैन ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको देहान्त भएर उसको शरीरलाई जलाउँदाखेरि त्यसबाट उत्पन्न हुने धुँवाले छुने वा त्यसलाई सुँघ्ने जोसुकैको नकारात्मक कर्मलाई समेत शुद्धिकरण गर्छ । ती चेतनशील प्राणीहरुको तल्लो जुनीहरुमा पुनर्जन्म लिने नकारात्मक कर्म शुद्धिकरण हुन्छ
पन्ध्रवटा मुख्य लाभहरुः
१. सम्पूर्ण जीवनकालभरि नै पुण्यवान मानिसहरू भएको स्थानमा जन्म हुन्छ र पुण्यवान मानिसहरू रहेको त्यस्तो स्थानमा रहँदा धर्म अभ्यास गर्ने प्रसस्त अवशरहरु प्राप्त हुन्छन् ।
२. सँधै प्रसस्त धर्म अभ्यासहरु गरिने, प्रसस्त मन्दिरहरु रहेको, प्रसस्त अर्पणहरु चढाउन सकिने, प्रसस्त पवित्र बस्तुहरु, मुर्तिहरु, स्तुपहरु ईत्यादि रहेको पुण्यवान स्थानहरुमा पुनर्जन्म हुनेछ । यी सम्पूर्ण पवित्र बस्तुहरु भएको स्थानमा रहनाले धर्म अभ्यास गर्ने, खुशीको कारण उत्पन्न गर्ने र पुण्य संग्रह गर्ने अवशर उपलब्ध हुन्छ र धर्म अभ्यास गर्ने मानिसहरु प्रसस्त भएको स्थानमा रहनाले खुशी उत्पन्न हुने कारण -धर्मको अभ्यास गर्नका लागि प्रेरणा प्राप्त हुन्छ ।
३. सँधै धर्म अभ्यासलाई मद्दत पुर्‍याउने भाग्यशाली समय र असल परिस्थितीहरु प्राप्त हुन्छ ।
४. कैयन असल कुराहरु हुने भएकाले त्यसले धर्म अभ्यास गर्न, उपदेशहरु प्राप्त गर्न र ध्यान गर्नका लागि प्रेरणा दिन्छ ।
५. सँधै पुण्यवान मित्रहरुसँग भेट गर्न सक्षम भईन्छ ।
६. सँधै त्रुटिविहिन मानव शरीर प्राप्त हुन्छ ।
७. पथ र पुण्यसँग मन परिचित हुन्छ ।
८. तपाईं वरिपरिका मानिसहरु –परिवारको सदस्यहरु, धर्मका विद्यार्थीहरु, कार्यलयका मानिसहरु इत्यादी तपाईं प्रति दयालु र सुसंगत हुनेछन् ।
९. तपाईंसँग जहिले पनि जीउने माध्यम -सम्पत्ति हुनेछ ।
१०. तपाईंलाई अरुले जहिले पनि सुरक्षा र सेवा गर्नेछन् ।
११. तपाईंको सम्पत्ति अरुबाट चोरी हुने र अरुबाट लगिने छैन
१२. तपाईंले चाहेको सवैकुरा पुरा हुनेछ ।
१३. तपाईं जहिले पनि पुण्यवान नाग र देवहरुद्वारा सुरक्षीत हुनुहुनेछ ।
१४. सम्पूर्ण जीवनकालहरुमा तपाईंले बुद्धलाई देख्नुहुनेछ र धर्मलाई सुन्न सक्षम हुनुहुनेछ
१५. शुद्ध धर्मलाई सुनेर तपाईंले गहन अर्थ, शुन्यतालाई साक्षात्कार गर्न सक्नुहुनेछ ।
उपदेशहरुमा भनिए अनुसार करुणाका साथ यस मन्त्रलाई उच्चारण गर्ने देव वा मनुस्य जो कोही ले यी पुण्यहरु प्राप्त गर्नेछन् । त्यसबाहेक यस मन्त्रमा कैयन प्रकारका रोगहरुबाट चङ्गा पार्ने र सवै प्रकारको हानीबाट सुरक्षा गर्ने शक्ति छ ।
मन्त्रको रुपमा प्रकट हुने करुणावान बुद्धले हामीलाई सम्यक सम्बोधितर्फ डोर्‍याउँछ । करुणावान बुद्धको पवित्र कायको सम्बन्धमा हामी अर्पणहरु चढाउँछौ, पुण्य संग्रह गर्छौ, शुद्धिकरण गर्छौ र ध्यान गर्छौ । त्यसपछि करुणावान बुद्ध ओ म नि पद् मे हुँ मन्त्रको रुपमा प्रकट हुनुहुन्छ । यो मन्त्र उच्चारण गर्नाले हाम्रा नकारात्मक कर्महरु एकत्र हुन्छन र हामीले गुरु भक्तिदेखि त्याग, बोधिचित्त र शुन्यता देखी तन्त्रका दुइवटा स्तरसम्म साक्षात्कार गर्नका लागि कारक बन्छ । त्यसपछि हामी सम्पूर्ण चेतनशील प्राणीहरुलाई सम्यक सम्बोधि सम्म ल्याउनका लागि सक्षम हुन्छौं । यस मन्त्रले हामीलाई कसरी लाभ पुर्‍याउँछ भन्ने कुरा यहि हो । यो हामीलाई फाईदा पुर्‍याउनका लागि वाह्य रुपमा देखा परेको करुणावान बुद्धको पवित्र वचन हो ।

तामाङहरूकेा बुद्ध धर्म

तामाङहरूले बेानधर्म लार्इ एउटा प्रकृतिले दिएकेा बिषेस उपाहार मानिन्छ । बेानधर्म  का प्रमुख ब्याक्तिहरू झाक्री  वा धामी  हेा यीनीहरूले छल (जादु)गर्ने गर्छन् । बेानधर्ममा तामङ जाती मात्रा नभइ अरू जाती हरू पनि सम्लग्नता रहेकेा पाइन्छ  । यस धर्म का कुनै पनि ग्रण्थ(किताब) हुदैन र बेानधर्मका प्रमुख झाक्री गुरूले शिश्यहरूलार्इ जे जस्तेा सिकाउछ त्यासलाइ नै मनमा  या मुखमा कण्ठस्त पारिएकेा हुन्छ । र यस  धर्मका ब्याक्ती हरू जहीले  पनि कहि पनि जरूरत पर्दामा मन्त्र तन्त्रकेा प्रयेाग गरि जादु छल गर्ने गरिन्छ । तामाङ धर्म र संस्कृतिको क्षेत्रमा तीनवटा मुख्य धारहरु स्पष्टरुपमा देखिएका छन् । प्रथम धारले बुद्धधर्म भन्दा पुरानो बोनधर्म हो  । बोनधर्म प्राचिन धर्म हो भनिन्छ र बेान धर्मले प्राणी बलि र प्रकृतिको पुजा गर्छ र त्यो नै तामाङको धर्म र संस्कृति हो, यसलाई संरक्षण गर्नुपर्छ भन्ने दृष्टिकोण तामाङ बेान धर्मका(बेान्बेा) झाक्रीहरु  र तामाङ बासीहरू भन्नेगर्छन् । उनीहरु बोनधर्ममाथी यति धेरै भन्दा धेरै नै बिश्वास गर्दछन् र बेान धर्म का  देवी , देवता ,प्रेत हरु लाइ पुजा वा राँगा, कालेाबेाका वा कुखुराभाले,अथवा बिभिन्न (पशु ,पक्षिँ)लार्इ मन्साउने वा बलि दिने र चढाउने गर्दा मानव जाति मा कुनै किसिमकेा क्षति ,भय, रेाग, अनिकाल बाट मुक्त हुन्छ र मनले सेाचे जस्तै सबै कुरा केा प्राप्ति हुन्छ । भन्ने यि तामाङ बेान धर्म भित्र देखिन्छ र तपाइ हरू  पनि यस बेान धर्म भित्र अल्मलिरहनु भएकेा हेाला । यि सबै अन्धविश्वास का (कुसँस्कार ,कुविचार ,कुधर्म हरू) हुन ।  तामाङहरुले बुद्धधर्मलाई आफू जन्मदा र मर्दाखेरि मात्र सम्झने र जीवनभरिको बाँकि समयमा बोन धर्म र गैह्र बौद्ध धर्मका देवी देउता मान्ने जस्तो अन्य धर्मलाई अँगाल्ने वेवफादारि प्रबृत्तिलाई त्याग्नु पर्छ । दुईवटा नाउमाथि खुट्टा राखेर लक्षमा पुग्न कहिल्यै पनि सकिदैन भन्ने कुरालाई तामाङहरुले बुझ्नु पर्छ । हामीले धर्मको विशुद्धताबारे पनि सोच्नु पर्छ । खिचडी पकाएकेा जस्तेा गरि बुद्धत्व प्राप्ति जस्तो महान लक्क्षमा कहिल्यै  पुग्नसक्दैन ।तामाङहरुकेा 'तामाङ संस्कृतिको मुलधार बुद्धधर्म हो र अज्ञानताको कारण तामाङ समाजमा हालसम्म पनि बोनधर्मका अवषेसहरु बाँकि रहेका छन् ।' बुद्धधर्म अँगाल्दा नै भविष्यको तामाङ समाज एउटा उन्नत, बैज्ञानिक र अग्रगामी समाज बन्निने छ । र विभिन्न प्रतिकुल अवस्थाहरु हुँदा हुँदै पनि गाउँघरका तामाङ लामाहरुले त्यस परम्परालाई केवल कर्मकाण्ड र पुजा अनुष्ठानहरुमा संलग्न भएर मात्र भए पनि सदियौं देखि तामाङ समाजमा बुद्धधर्मको एउटा पाटोलाई संरक्षण गरि आएका छन् । उनीहरु मध्येका धेरैजसो बुद्धधर्मको दर्शन र मनोविज्ञान पक्षबारे प्राय अनभिज्ञ नै देखिन्छन् ।  यसमा अन्तर्निहित मानव समुदायका लागि अति उपयोगी कुरा भएकेा कारण नै  हजारैा वर्षपहिला देखि हालसम्म पनि यो अस्तीत्वमा छ र उदाउँदो अवस्थामा छ ।तामाङ समाजमा बुद्धधर्मको एउटा पाटो -पुजा अनुष्ठानमा सिमित रहेको बुद्धधर्ममा रहेको वास्तविक उपयोगी पक्षहरु -मानिसको जीवन अमुल्य छ, त्यस अमुल्य मानव जीवनलाई करुणा, मतिशोधन आदी बाट आफ्नो सोचाई, बानी ब्यहोरा, प्रकृतिलाई हेर्ने दृष्ट्रिकोण आदीमा आमुल परिवर्तन गरेर आफुले कष्ट सहेर पनि अरुको भलाई गर्ने र दश अकुशल कार्यहरुलाई त्यागेर महायान बुद्धधर्मका मर्महरु बोधिसत्वको कार्य जस्ताको अनुशरण गर्दै सार्थक जीवनयापन गर्न प्रेरणा दिने बुद्धधर्मलाई अझ ब्यापकरूपले तामाङ समुदायसम्म पुर्‍याउने उत्तरदायीत्व बोध गर्नको बद्ला तामाङ विद्वानहरुले कालो बोका र कुखुराको भालेमन्साएर उपचार गर्ने जस्ता सह-अस्तीत्वमा आधारित प्रकृतिको नियम विरोधि धारको अवषेसलाई पुन ब्युँझाउने प्रयत्न गर्नु एउटा तामाङ समाज र तामाङ जाती केा  (तामाङ)शब्दलाइ नै तहसनहस पारिनु हो  ।' बुद्धधर्ममा रहेका अन्य अझ बढि उपयोगी पाटोहरु -उन्नत र वैज्ञानीक मानव सभ्यताका लागि उपयोगी तत्वहरुलाई खोज अन्वेषण गरेर र सवैभन्दा महत्वपूर्ण कुरा बुद्धधर्ममा निर्देश गरिएको ब्यक्तिले लोभ, लालच, अहंकार लगायत दश अकुशल कार्यहरुलाई त्यागी आफूलाई आमूल परिवर्तन गरेर एउटा चिरस्थायी शान्त, खुला र एउटा सार्थक जीवन यापन गर्न सक्ने पक्षहरुलाई उजागर गर्दै प्रत्येक ब्यक्तिले समाजमा मात्रा हेाइन विश्वामा नै  फैलाउनु आजका शिक्षित युवाहरुको जिम्मेवारी हो भन्ने ठान्नुपर्छ ।

तामाङ बैाद्ध धर्म


sakymuni buddha